Information is intelligence
HomeEducationनाम्खा गाउँपालिकामा पठनपाठन बन्द

नाम्खा गाउँपालिकामा पठनपाठन बन्द

- Advertisement -spot_img

उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन् । कोरोनाको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा पनि नियमित पठनपाठन गराइरहेको गाउँपालिकाले बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो ।

अहिलेसम्म ग्रीन जोनमा रहेको हुम्लामा  सङ्क्रमण हुने डरले गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा अधिकृत खेमराज शाहीले बताए। गाउँपालिकाका १६  सामुदायिक र एउटा गुम्बा विद्यालय गरेर १७ वटै विद्यालय बन्द गराइएको गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष विष्णु लामाले जानकारी दिए।
जिल्लाका अन्य छ  स्थानीय तहले यसअघि नै शैक्षिक संस्था बन्द गरिसकेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु