Information is intelligence
HomeAMKआजकाे मुख्य खबर

आजकाे मुख्य खबर

- Advertisement -spot_img

दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०५-२५ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषय वस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • पर्यटन
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा संक्रमण पुष्टि, उपत्यकामा ५७२

पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि हुँदा उपत्यकामा ५७२ जना थपिएका छ्न्, बिहीबारसम्ममा नेपालमा कोरोना संक्रमितको संख्याले ५० हजार नाघेको छ ।

काभ्रेमा सुत्केरीलाइ काेराेना बीमा

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ । नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान शुरु गरेको जनाएकाे छ ।

राजनीति – समसामयिक

खानेपानी कार्यालयका कर्मचारी अख्तियारकाे नियन्त्रणमा

नेपाल खानेपानी संस्थान पोखराकाे विन्ध्यवासिनी इकाइ कार्यालय महसुल शाखा प्रमुख कृष्णहरि वाग्ले रू २५ हजार घुससहित रंगेहात पक्राउ परेका छन्।

सवारी चालक अनुमति पत्र नविकरण सुरू

सवारी चालक अनुमतिपत्र  नवीकरण कार्य सुचारु हुने भएको छ ।निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबार देखि सुरु हुने यातायात व्यवस्था कार्यालयल जनाएकाे हाे ।

संविधान दिवसमा झण्डा फहराउन सरकारकाे अाग्रह

सरकारले असोज २, ३ र ४ गते राष्ट्रिय महोत्सवका रुपमा संविधान दिवस मनाउने निर्णय गरेको छ।दिवसमा सबैलाई हर्षोल्लासका साथ घर घरमा राष्ट्रिय झण्डा फहराउन सरकारले आह्वान गरेको छ।

अनलाइन कक्षाकाे शुल्क लिन बाेर्डिङहरूलाइ अनुमति

सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । यसअघि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो ।

आइतबारबाट सर्वोच्चमा मुद्दा सुनुवाइ हुने

सर्वोच्च अदालतमा आइतबारबाट मुद्दा सुनुवाइ हुने भएको छ ।  उपत्यकामा जारी निषेधाज्ञा सहज बनाइएपछि अदालतले  मुद्दा सुनुवाइ गर्ने तयारी गरेको हो ।

पर्यटन

अन्तराष्ट्रिय उडान संख्या थपियाे ,काेटा सिस्टम हट्याे

सरकारले अन्तर्राट्रिय हवाई उडान संख्या थप गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा  भएको बैठकले अन्तर्राट्रिय उडानको संख्या थप गर्ने निर्णय गरेको हो ।

अर्थ

टुटल र पठााओ सर्भिस पुनः सुरू

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनेसँगै टुटल र पठाओले राइड सेयरिङ सेवा पुन: शुरू गरेका छन्।सार्वजनिक यातायात सञ्चालन हुन पाउने भएसँगै कम्पनीहरूले स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर सेवा थालेका हुन्।

अन्तरराष्ट्रिय

डाेनाल्ड ट्रम्पकाे नाम नाेबेल शान्ति पुरस्कारकाे मनाेनयनमा

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे नाम नाेबेल शान्ति पुरस्कारकाे मनाेनयनमा परेकाे छ।इजरालय र यूएईबीच भएको शान्ति सम्झौताका लागि खेलेको भूमिकाकाे कारण ट्रम्पलाई मनाेनयन गरिएकाे नर्वेका नेता क्रिस्चियन टायब्रिंग येद्देले बताएका छन् ।

भारतले भित्र्यायाे राफेल विमान

भारतले फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू बिमान भारतीय वायुसेनामा  समाहित गरेकाे छ ।चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको अवस्थामा बिमान वायुसेनामा प्रवेश गराइएको हाे।

खेलकुद

नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय टिमका खेलाडीलाई तलब प्रदान गरेको छ । २२ जना खेलाडी र एक टेक्निकल एनालिस्टसहित २३ जनाको तलब क्यानले प्रदान गरेकाे हाे । क्यानले पछिल्लाे एक वर्षकाे तलब खेलाडिलाइ उपलब्ध गराएकाे जानकारी दिएकाे छ।

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०५-२५ गतेको अहिले सम्मका मुख्य खबरहरु प्रस्तुत गर्याैँ। अन्य दिनहरुमा पनि बेलुका ५:०० बजे दिनभरीका मुख्य खबर पढ्न सक्नुहुनेछ । कृपया दरबार टाईम्स हेर्दै गर्नुहोला…

दरबार टाईम्स – आजको मुख्य खबर (भिडियो)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु