Information is intelligence
HomeSportsअन्तत: क्रिकेट खेलाडीले पाए तलब

अन्तत: क्रिकेट खेलाडीले पाए तलब

- Advertisement -spot_img

नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय टिमका खेलाडीलाई तलब प्रदान गरेको छ । २२ जना खेलाडी र एक टेक्निकल एनालिस्टसहित २३ जनाको तलब क्यानले पठाइसकेको छ । अन्तर्राष्ट्रिय क्रिकट परिषद (आईसीसी) बाट क्यानले सेप्टेम्बर १ मा रकम पाएको थियो ।

नेपाली खेलाडीले २०१९ को तलब एकमुष्ट प्राप्त गरेका हुन् । क्यानले खेलाडीलाई १० हजार तलब बडाएर पठाएको हो । खेलाडीहरु तीन ग्रेडमा रहेका छन् । उनिहरुले ग्रेड अनुसार आफ्नो तलब पाउछन् ।

ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी ग्रेड ‘ए’ मा छन् भने अभिनाष बोहरा, आरिफ सेख, वसन्त रेग्मी, ललितनारायण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप झोरा र सुसन भारी ग्रेड ‘बी’मा रहेका छन् त्यसैगरी ग्रेड ‘सी’ मा इशान पाण्डे, कुलश भुर्तेल, कुशल मल्ल, प्रदीप ऐरी, राजु रिजाल र रसिद खान रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु