Information is intelligence
HomeHealthपछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा संक्रमण पुष्टि, उपत्यकामा ५७२

पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा संक्रमण पुष्टि, उपत्यकामा ५७२

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बिहीबार नेपालमा कोरोना संक्रमितको संख्याले ५० हजार नाघेको हो ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ४९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १८ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५ जनाको निधन भएको छ। आठ लाख बढीको पीसीआर परीक्षण हुँदा कोरोनाले मृत्यु हुनेको संख्या भने तीन सय ‍‍१७ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु