Information is intelligence
HomeHealthअस्पतालमा वरियता मिचेर कार्यकारी निर्देशक नियुक्ति गरेकामा डा. के.सीले विरोध जनाए

अस्पतालमा वरियता मिचेर कार्यकारी निर्देशक नियुक्ति गरेकामा डा. के.सीले विरोध जनाए

- Advertisement -spot_img

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्तिको विरोध जनाएका छन् । अस्पतालमा वरियता मिचेर कार्यकारी निर्देशक नियुक्ति गरेकाले विरोध गरेका हुन् ।

विज्ञप्ति जारी गरी केसीले उक्त निर्णय सच्याउन माग गरेका हुन् । अहिले उनी जुम्लामा छन् र त्यहीबाट विज्ञप्ति मार्फत उक्त नियुक्ति आफूलाई स्वीकार्य नभएको बताएका हुन् ।

त्रिवि कार्यकारी परिषद्ले डा. दिनेश काफ्लेलाई मंगलबारको बैठकपछी कार्यकारी निर्देशक नियुक्ति गरेको थियो।

‘यसरी सबै पदमा पार्टी कार्यकर्ताहरू भर्ती गर्दै जाने हो भने त्रिवि शिक्षण अस्पतालजस्तो देशकै अग्रणी स्वास्थ्य र शिक्षण संस्था धरासायी हुने निश्चित छ।

यसरी नियुक्त भएका मानिसहरू संस्थाप्रति नभई आफूलाई नियुक्त गर्ने पार्टीप्रति बफादार हुने तथा ठेक्कापट्टाको धाँधलीबाट पार्टीलाई धनी बनाउने र संस्थालाई पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाउने बाहेक अरु काम नहुने निश्चित छ,’ केसीले भनेका छन् ।

दलीय आधारमा भएका सबै नियुक्ति तत्काल खारेज गरेर वरिष्ठताका आधारमा गर्न माग गरेका छन् । केसीले फेरि ५ बुँदे माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् यदी ती माग पूरा नगरे जुनसुकै बेला सत्याग्रह सुरु गर्ने चेतावनी पनि दिएका छन् ।  सामाजिक दुरी गर्दै पीसीआर परीक्षण तिब्र  बनाएर निषेधाज्ञा अन्त गर्न माग गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु