Information is intelligence
HomeNewsआइतबारबाट सर्वोच्चमा मुद्दा सुनुवाइ हुने

आइतबारबाट सर्वोच्चमा मुद्दा सुनुवाइ हुने

- Advertisement -spot_img

काठमाडौं । सर्वोच्च अदालतमा आइतबारबाट मुद्दा सुनुवाइ हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले सूचना जारी गर्दै उपत्यकामा जारी निषेधाज्ञा सहज बनाइएपछि अदालतले मुद्दा सुनुवाइ गर्ने तयारी गरेको हो ।

अदालतमा कार्यरत जनशक्ति, कानुन व्यवसायी, सेवाग्राहीसमेतको भिडभाड नहुने गरी संक्रमणको जोखिम न्युनिकरण गर्न स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै आइतबारबाट सेवा विस्तार गर्न लागेको सर्वोच्च अदालत प्रशासन महाशाखाले जनाएको छ ।

“यस अदालतमा सबै प्रकृतिका रिट निवेदन/पुनरावेदन/निवेदनको दर्ता, रिट निवेदन तथा अन्य निवेदनहरुको प्रारम्भिक सुनुवाइ, अन्तरिम आदेशसम्बन्धी छलफल, थुनुवा तथा  नेपाल सरकारकातर्फबाट पर्न आएका पुनरावेदनको सुनुवाइ, मुलुकी फौजदारी (कार्यविधि) संहिता,०७४ को दफा ७३ नं अन्तर्गत परेका निवेदन-प्रतिवेदनको सुनुवाइ, मुद्दा फिर्ता तथा मिलापत्र सम्बन्धी कामकारबाही र सुनुवाइ हुने गरी सेवाप्रवाहको व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सर्वोच्च अदालत प्रशासन महाशाखाको विज्ञप्तिमा उल्लेख छ ।

विश्वभर महामारीका रुपमा कोरोना फैलिएपछि त्यसबाट जोगिन सर्वोच्च अदालतको ०७६ चैत ७ गतेको पूर्ण बैठकले अदालतको सेवा प्रवाह घटाएको थियो ।

त्यसपछि ०७७ भदौ २३ गते नेपाल बार एसोसियसन र सर्वोच्च अदालतबिच सेवा प्रवाहमा पुनर्विचार गर्ने सम्बन्धमा छलफलसमेत भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु