Information is intelligence
HomeHealthऔषधि नहुँदा उपचारमै सकस

औषधि नहुँदा उपचारमै सकस

- Advertisement -spot_img

जाजरकाेट, जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएको छ । प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थादेखि मुख्य स्वास्थ्य संस्थामा समेत औषधि नहुँदा उपचारमा समस्या भएको छ । वडाहरूमा रहेका स्वास्थ्य संस्था बसेका भाडाका घरहरूमा सम्झौता नभएका कारण काम गर्न मुस्किल भएको स्वास्थ्य शाखाका प्रमुख प्रेम शाहीले जानकारी दिए ।

औषधि नहुँदा दैनिक उपचारका लागि आउने बिरामी समस्यामा परेको शाहीले जानकारी दिए । गर्खाकोट स्वास्थ्य चौकीमा समेत औषधि नहुँदा हैरान भएको बताइएको छ । दैनिक स्वास्थ्य संस्थामा उपचारका लागि जाने बिरामी खाली हात फर्कने गरेको गर्खाकोटका गोपाल गिरीले जानकारी दिए । नयाँ बजेटको अख्तियारी प्राप्त नभएकाले औषधि खरिद गर्न नसकिएको प्रमुख शाहीको भनाइ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु