Information is intelligence
HomeNewsपहिरो खस्दा अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडक एकतर्फी सञ्चालनमा

पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडक एकतर्फी सञ्चालनमा

- Advertisement -spot_img

चितवन, नारायणगढ –मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान ८ः १० बजे  नारायणगढबाट ३१ दशमलव ३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भइरहेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो ।रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु