Information is intelligence
HomePoliticsनेकपा स्थायी कमिटीको बैठक शुरु

नेकपा स्थायी कमिटीको बैठक शुरु

- Advertisement -spot_img

काठमान्डौ, साउन १३ पछि अनिश्चित बनेको नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि सुरु बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमा छलफल हुनेछ ।

साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा अनिश्चितकालका लागि स्थायी कमिटी बैठक स्थगित गरे पछी ओली इतरका नेताहरू आक्रोशित  बनेका थिए । विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनलाई भदौ १८ को सचिवालय बैठकले नेताहरूका विचारसमेत समेटेर दुई अध्यक्षलाई सहमतिको प्रस्ताव तयार गर्न जिम्मा दिएको थियो र आफ्नो सुजाब पठाउन पनि आग्रह गरेका थिए तर प्रतिवेदनमा अझै पनि वरिष्ठ नेता माधवकुमार नेपाल र उनका नजिकका नेतालाई असन्तुष्टि रहेको छ।

अध्यक्षबीचमा सहमति जुटिसकेकाले आजै बैठक सकिन सक्ने सम्भावना रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु