Information is intelligence
HomeInternationalसकियो मेसिको प्रतिबन्ध

सकियो मेसिको प्रतिबन्ध

- Advertisement -spot_img

अक्टोबर ८ मा हुने विश्वकपको छनौट खेलको पहिलो खेलमा मेसी खेल्न पाउने भएका छन् ।

मेसीलाई कोपा अमेरिका खेलको तेस्रो स्थानको खेलमा रातो कार्ड पाएपछि एक खेलको प्रतिबन्ध लगाइएको थियो । गत बर्ष ब्राजिलमा सम्पन्न मेसीले कोपा अमेरिका प्रतियोगिता राम्रोसँग आयोजना नभएको र भ्रष्ट्राचार भएको आरोप समेत लगाएका थिए । मेसीको सो आरोपपछि दक्षिण अमेरिकी फेडेरेसनले मेसीलाई तीन महिनाको प्रतिबन्ध तथा ५० हजार डलर जरिवाना लगाएको थियो ।

लियोनेल मेसी अर्जेन्टिनाको विश्वकप छनौटअन्तर्गतको अर्को महिना हुने इक्वेडर विरुद्धको खेल खेल्न पाउने भएका छन् ।

अर्जेन्टिना फुटबल फेडेरेसनका अध्यक्ष क्लाउड़ीयो तापियाले मेसीले विश्वकप छनौट खेल्न पाउने बताएका छन् । उनले आफुले दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसनका अध्यक्षसँग कुरा गरेको र मेसीमाथिको प्रतिबन्ध सकिएको बताएको जानकारी दिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु