Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०५-२६ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०५-२६ | Head News | Durbar Times

- Advertisement -spot_img

दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०५-२६ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषय वस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • पर्यटन
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

पछिल्लो २४ घण्टामा १४५४ जनामा संक्रमण पुष्टि,

पछिल्लो २४ घण्टामा देशभर  १४५४  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेनाबाट  ५ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति – समसामयिक

नारायणगढ– मुग्लिन सडक एकतर्फी सञ्चालनमा

नारायणगढ– मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान ८ः १० मा नारायणगढबाट ३१.३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस

साेलु करिडाेरकाे म्याद चाैथाे पटक थप

निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

गौतमबुद्ध विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा  मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको अवधिमा विमानस्थलमा ९२ प्रतिशत भौतिक प्रगति र  ६३ प्रतिशत वित्तीय प्रगति हासिल भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

कक्षा ११ को आन्तरिक मूल्यांकनको काम विद्यालय खुलेपछि

कक्षा ११ को आन्तरिक मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरणलगायत काम विद्यालय सञ्चालनमा आएपछि मात्रै थालिने भएको छ।सरकारले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय गरेपछि आन्तरिक मूल्यांकनको कार्यक्रम हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताएका छन्।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

पर्यटन

बुद्ध एयरले पायो ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड’

विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ । देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान  मार्फत उक्त अवार्ड पाएको हो । यो अवार्ड बुद्धले निरन्तर तेस्रो पटक पाएको हो । बुद्धले यसअघि सन् २०१९ र २०१८ मा पनि अवार्ड जितेको थियो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

अर्थ

सुनकाे मूल्यमा सामान्य गिरावट

सुनकाे मूल्यमा आज सामान्य गिरावट भएकाे छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।त्यस्तै आज चाँदीकाे मूल्य १५ रुपियाँले घटेर १३ सय १० कायम भएकाे छ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस

स्वास्थ्य

छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले स्वास्थ्य मन्त्रालयमा सम्पर्क राख्न आग्रह

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा विशेषज्ञ जनशक्तिलाई परिचालन गर्ने योजनाअनुसार सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई   मन्त्रालयको सम्पर्कमा आउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

थप समाचार पढ्न यहाँ क्लिक गर्नुहाेस्।

औषधि अभावका कारण उपचारमा समस्या

जाजरकाेटकाे जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएको छ । प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थादेखि मुख्य स्वास्थ्य संस्थामा समेत औषधि नहुँदा उपचारमा समस्या भएको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

अन्तरराष्ट्रिय

ट्रम्प र बाइडन ह्याकरहरूकाे निशानामा

रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको माइक्रोसफ्टले बताएको छ।

थप समाचार पढ्न यहाँ क्लिक गर्नुहाेस्।

खेलकुद

इङ्ल्यान्ड र अस्ट्रेलियाबीच पहिलाे एकदिवसीय खेल आज

टी-ट्‌वान्टी सिरिजमा जित निकालेको घरेलु टोली इङ्ल्यान्डले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियअन्तर्गत आज (शुक्रबार) अस्ट्रेलियासँग खेल्दै छ ।दुई टोलीबीच आज हुने पहिलो एकदिवसीय नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।

थप समाचार पढ्न यहाँ क्लिक गर्नुहाेस्।

सकियाे मेस्सीकाे प्रतिबन्ध

चर्चित अर्जेन्टीनी फुटबलर लियाेनल मेस्सीकाे अन्तराष्ट्रिय फुटबल खेलमाथी लागेकाे प्रतिबन्ध सकिएकाे छ । याे सँगै उनी अक्टाेबर ८ तारिकमा हुने विश्वकप छनाैटकाे खेलमा इक्वेडर विरूद्द खेल्न पाउने भएका हुन्।

थप समाचार पढ्न यहाँ क्लिक गर्नुहाेस्।

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०५-२६गतेको अहिले सम्मका मुख्य खबरहरु प्रस्तुत गर्याैँ। अन्य दिनहरुमा पनि बेलुका ५:०० बजे दिनभरीका मुख्य खबर पढ्न सक्नुहुनेछ । कृपया दरबार टाईम्स हेर्दै गर्नुहोला…

दरबार टाईम्स – आजको मुख्य खबर (भिडियो)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु