Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०५-२८ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०५-२८ | Head News | Durbar Times

- Advertisement -spot_img

दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०५-२गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

पछिल्लो २४ घण्टामा १०३९ जनामा संक्रमण पुष्टि,

पछिल्लो २४ घण्टामा देशभर  १०३९  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै काेराेनाबाट ९ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

राजनीति – समसामयिक

दुई महिनामा नेपालभर १६ सय ८१ जनाले गरे आत्महत्या

साउन महिनामा मात्र देशभर ७ सय ९ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गत चैतयता देशभर ३ हजार ४ सय १० जनाले आत्महत्या गर‍ेका छन्।गत असारमा मात्र देशभर ९ सय ७२ जनाले आत्महत्या गरेका थिए। चैतमा लकडाउन सुरु भएयता आत्महत्या गर्नेको संख्या बढिरहेको छ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेल–पहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले पहिरामा परेर हराइरहेकाको खोजी  प्रभावकारी बनाउँदै राहतमा जुट्न सबैमा आह्वान गरेका छन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

अस्पतालको बिग्रेका भेन्टिलेटर नि:शुल्क बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र

वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले राष्ट्रिय ट्रमा सेन्टरको बिग्रेका ७ वटा भेन्टिलेटरहरू नि:शुल्क बनाइदिएको छ।राष्ट्रिय आविष्कार केन्द्रका बायो-मेडिकल ईन्जिनियरहरूले तीन दिन लगाएर उक्त भेन्टिलेटरहरू बनाइ दिएको केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिएका छन्।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

अर्थ

सरकारको आन्तरिक आम्दानी खुम्चियो, एक महिनामै लियो झण्डै साढे २ अर्ब ऋण

सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामै झण्डै साढे २ अर्ब वैदेशिक सहायता प्राप्त गरेको छ । सरकारले साउन महिनामा वैदेशिक सहायता २ अर्ब ४८ करोड ६२ लाख प्राप्त गरेको हो । यो शतप्रतिशत ऋण सहायता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तरराष्ट्रिय

अमेरिकामा डढेलोका कारण आइतबारसम्म २७ को मृत्यु,

अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् ।पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।संसदको नयाँ अधिवेशन शुरु हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

खेलकुद

प्रिमियर लिग : टोटेनहम र एभर्टन भिड्दै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) टोटेनहमले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ ।सिजनको पहिलो खेलमा टोटेनहमले एभर्टनसँग खेल्न लागेको हो । टोटेनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९:१५ मा सुरु हुनेछ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०५-२७ गतेको अहिले सम्मका मुख्य खबरहरु प्रस्तुत गर्याैँ। अन्य दिनहरुमा पनि बेलुका ५:०० बजे दिनभरीका मुख्य खबर पढ्न सक्नुहुनेछ । कृपया दरबार टाईम्स हेर्दै गर्नुहोला…

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु