Information is intelligence
HomeInternationalप्रिमियर लिग र ला लिगा आजबाट, पहिलो दिन तीन खेल

प्रिमियर लिग र ला लिगा आजबाट, पहिलो दिन तीन खेल

- Advertisement -spot_img

स्पेनिस ला लिगा फुटबल आज (शनिबार) बाट सुरुआत हुन्दैछ । सिजनको पहिलो दिन आज तीन खेल हुनेछन् । आज हुने पहिलो खेलमा इबरले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ ।  दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ र दोस्रो खेलमा ग्रानाडाले एथ्लेटिक क्लबसँग खेल्दै र शनिबार राति हुने अन्तिम खेलमा यो सिजनमा मात्र शीर्ष डिभिजनमा उकिलिएको काडिजले ओसासुनासँग खेल्नेछ । खेल राति १२ः४५ सुरु हुनेछ ।

येस्तै ,प्रिमियर लिग नयाँ सिजन अन्तर्गत आज (शनिबार) बिभिन्न चार खेल हुँदैछन् । लिगअन्तर्गत च्याम्पियन लिभरपुलले आफ्नो पहिलो खेलमा लिड्सको सामना गर्दै छ ।

लिभरपुलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०ः१५ बाट सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै लिभरपुल नयाँ सिजनको सुखद सुरुआत गर्ने योजनामा छ ।दोस्रो खेलमा फुलहामले आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ । फुलहामको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ५ः१५ मा सुरु हुनेछ ।  त्यस्तै क्रिस्टल प्यालेसले साउथह्याम्पटन विरुद्ध खेल्नेछ । पहिलो दिनको खेल सिजको सुखद सुरुआत गर्नको लागि सबै टोलीका लागि महत्वपूर्ण हुनेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु