Information is intelligence
HomeNewsकुलमान घिसिङले नै पाउदै नियुक्ति

कुलमान घिसिङले नै पाउदै नियुक्ति

- Advertisement -spot_img

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्ने तयारी भएको छ ।

आइतबार (भोलि) बस्ने मन्त्रिपरिषद्को बैठकमा ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई नियुक्ति गर्ने भएका हुन् ।

कुलमानको चार वर्षे कार्यकाल आइतबार सकिँदैछ । कुलमानलाई उनको कार्यकाल सकिने दिन नै थप कार्यकालको लागि नियुक्ति दिने तयारी भएको हो ।

शुक्रबार स्थायी कमिटी बैठक सकिएलगत्तै प्रधानमन्त्रीले ऊर्जामन्त्री वर्षमान पुनलाई कुलमानबारे अन्तिम निर्णय गर्न पुगेका थिए ।
उक्त छलफलमा प्रधानमन्त्री ओली कुलमानलाई नै दोहोर्‍याउन सकारात्मक भएको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा घिसिङलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए ।

यसभन्दा अगाडि आम सर्वसाधारणहरुले पुनः कुलमान नै दोहोरिनुपर्ने माग राख्दै आएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु