Information is intelligence
HomeNews१२ सय १ जनामा कोरोना संक्रमित, उपत्यकामा ४ सय ३१ जना

१२ सय १ जनामा कोरोना संक्रमित, उपत्यकामा ४ सय ३१ जना

- Advertisement -spot_img

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १२ सय १ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ। शनिबार आयोजित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२ सय १ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित हुनेहरुमा काठमाडौं जिल्लाका ३ सय ७७ जना, भक्तपुर जिल्लाका १७ जना र ललितपुर जिल्लाका ३७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८५२ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या  ३७ हजार ५२४ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु