Information is intelligence
HomeNewsहाइड्रोपावरमा क्रेनबाट खसेर एक मजदुरको मृत्यु

हाइड्रोपावरमा क्रेनबाट खसेर एक मजदुरको मृत्यु

- Advertisement -spot_img

दोलखा: सुरीखोला हाइड्रोपावर लिमिटेड व्यवस्थापनको लापरबाहीले एक मजदुरको मृत्यु भएको छ।

गुरुम्फीस्थित सतही विद्युत्गृहमा हाइड्रोमेकानिकल मेसिन जडान गर्नका लागि क्रेनको बकेटमा चढेर काम गर्दै गर्दा ८ मिलिमिटरको फलामे तार चुडिएर खस्दा काभ्रेका महेश केसीको मृत्यु भएको हो।

पनौती नगरपालिका–६ का केसी फलामे तार चुडिएर करिब ३५ फिट तल खसेको दोलखाका प्रहरी प्रवक्ता निरीक्षक रेशम बोहोराले जानकारी दिए।

हाइड्रोपावरमा मजदुरको सुरक्षाको लागि काममा पठाउनु पूर्व मेसिनको अवस्थाको बारेमा पूर्व जाँच गर्नु पर्ने तर त्यसो नगरेको कारण ति मजदुरको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको सिंगटी प्रहरीको भनाइ छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु