Information is intelligence
HomeNewsक्वारेन्टाइन व्यवस्थापनमा ७५ लाख खर्च

क्वारेन्टाइन व्यवस्थापनमा ७५ लाख खर्च

- Advertisement -spot_img

इलाम : इलामको सूर्योदय नगरपालिकाले कोरोना भाइरस (कोभिड -१९) रोकथाम तथा नियन्त्रणमा चैत्र १२ यता ७५ लाख ६६ हजार ७ सय ८ रुपैयाँ खर्च गरेको छ । नगरले क्वारेन्टाइन निर्माण ६८२ जनालाई क्वारेन्टाइनमा राखेर खाना र खाजाको व्यवस्था गर्दा सो रकम खर्च गरेको हो । नगरले कवारेन्टाइनमा बसेको व्यक्तिका लागि औषधि ११ हजार ९४ रुपैयाँ खर्च भएको देखाएको छ ।

नगरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोरोना कोषमार्फत असार मसान्त सम्ममा क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामग्री खरीद, राहत वितरण, क्वारेन्टाइनमा बस्नेलाई खाना खर्च, यातायातमा ७५ लाख ६६ हजार ७ सय ८ रुपैयाँ खर्च भएको नगर प्रमुख रणबहादुर राईले बताए ।

उक्त अवधिमा नगरले निर्माण गरेका क्वारेन्टाइनमा ६ सय ८२ जना बसेको फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए  । फोकल पर्सन अधिकारीले भने,’ बिल्कुल नयाँ रोग भएकाले सुरुमा काम गर्न निक्कै कठिन थियो, सीमाना पारी पनि जन सम्पर्क बढाएर अहिले काम गर्न सहज छ ।’

नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा संघीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय इलाम, नगरका जनप्रतिनिधि, कर्मचारी, र विभिन्न संघ संस्था तथा व्यक्तिबाट गरी ८७ लाख ९ हजार २७ रुपैयाँ जम्मा भएको थियो । असार मसान्त सम्ममा १० लाख पाँच हजार ९८ रुपैयाँ कोषमा बचत रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले उक्त अवधिमा ३ सय ६६ जनाको आरडीटी र ९ सय ५६ जनाको पीसीआर टेष्ट गरेको नगरपालिकाका कोरोना फोकल पर्सन बिपुल अधिकारीले जानकारी दिए । परीक्षण गरिएकामध्ये १५ जनामा कोरोना संक्रमण देखिएको थियो। जिल्लामा पहिलो पटक सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा पहिलो संक्रमितको मृत्यु भएको थियो। सोही क्वारेन्टाइनमा उपचार नपाउँदा एक २२ वर्षीय युवाको पनि मृत्यु भएको थियो ।

annapurnapostsabar

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु