Information is intelligence
HomeInternationalइङ्ल्यान्ड-अस्ट्रेलियाको दोस्रो एकदिवसीय खेल आज

इङ्ल्यान्ड-अस्ट्रेलियाको दोस्रो एकदिवसीय खेल आज

- Advertisement -spot_img

एजेन्सी । इङ्ल्यान्ड र अस्ट्रेलियाबीच तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल हुँदै छ । खेल ओल्ड ट्रा फोर्डमा नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।

इङ्ल्यान्डसँगको टी-ट्‌वान्टी सिरिज गुमाएको अस्ट्रेलिया एकदिवसीय सिरिज भने जित्ने दाउमा छ । एकदिवसीय सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी भएको थियो । सिरिजमा १-० को अग्रता लिएको अस्ट्रेलियाले पहिलो खेलमा घरेलु टोली इङ्ल्यान्डलाई १९ रनले पराजित गरेको थियो ।

अस्ट्रेलियाले दिएको २९५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ९ विकेट गुमाएर २७५ रन मात्र बनाउन सकेको थियो । इङ्ल्यान्डका लागि साम विलिङ्सले ११८ रन र जोनी बेयरस्टोले ८४ रनको पारी खेले पनि घरेलु टोलीको जितका लागि पर्याप्त हुन सकेन ।

अस्ट्रेलियाका म्याक्सवेलले ७७ रन र मिचेल मार्सले पनि ७३ रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई जितका लागि अगाडि बढाएका थिए । सिरिजमा साख जोगाइरहन यो खेल घरेलु टोली इङ्ल्यान्डले जित्नैपर्ने दबाब छ । यदि आजको खेल इङ्ल्यान्डले हारे एक खेलअगावै सिरिज पाहुना टोली अस्ट्रेलियाले जित्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु