Information is intelligence
HomeNewsदुई महिनामा नेपालभर १६ सय ८१ जनाले गरे आत्महत्या

दुई महिनामा नेपालभर १६ सय ८१ जनाले गरे आत्महत्या

- Advertisement -spot_img

काठमाडौं- नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्दो छ। साउन महिनामा मात्र देशभर ७ सय ९ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गत चैतयता देशभर ३ हजार ४ सय १० जनाले आत्महत्या गर‍ेका छन्।

गत असारमा मात्र देशभर ९ सय ७२ जनाले आत्महत्या गरेका थिए। चैतमा लकडाउन महिना सुरु भएयता आत्महत्या गर्नेको संख्या बढिरहेको छ।

प्रहरी तथ्यांकअनुसार साउन महिनामा मात्र काठमाडौं उपत्यकामा ५८ जना, प्रदेश-१ मा एक सय ३० जना, प्रदेश-२ मा ६७ जना, बागमती प्रदेशमा एक सय ६ जना, गण्डकी प्रदेशमा ७२ जना, प्रदेश-५ मा एक सय ५३ जना, कर्णाली प्रदेशमा ४५ जना र सुदुर पश्चिम प्रदेशमा ७९ जनाले आत्महत्या गरेका छन्।  ३ सय ९२ पुरुष, २ सय ३८ महिला, ४२ बालक र ३८ बालबालिकाले आत्महत्या गरेका छन्।

असारमा काठमाडौं उपत्यकामा ७३, प्रदेश-१ मा एक सय ९७, प्रदेश-२ मा एक सय ६०, बागमतीमा एक सय ७२, गण्डकीमा ९०, प्रदेश-५ मा एक सय ६३, कर्णाली प्रदेशमा ४५ र सुदुर पश्चिम प्रदेशमा ७४ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पाँच सय १३ पुरुष, ३ सय २७ महिला, ५६ बालक र ७६ बालिकाले आत्महत्या गरेका छन्।

असार र साउनमा मात्र देशभर एक हजार ६ सय ८१ जनाले आत्महत्या गरेका छन् जुन दैनिक औसत २८ जना हुन आउँछ।

चैतयताको तथ्यांक हेर्ने हो भने नेपालमा दैनिक औसत २३ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ। आर्थिक वर्ष २०७६/०७७ मा देशभर ६ हजार २ सय ७९ जनाले आत्महत्या गरेका थिए। यो दैनिक औसत १७ जना हुन आउँछ।

आर्थिक वर्ष २०७५/०७६ मा देशभर पाँच हजार सात सय ५४ जनाले आत्महत्या गरेका थिए जुन दैनिक औसत १६ जना हुन आउँछ।

deshsanchar

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु