Information is intelligence
HomeNews१०३९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ५९७

१०३९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ५९७

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन्। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या १५ हजार ११७ रहेको जानकारी दिए । हालसम्म नेपालमा जम्मा संक्रमित ५४ हजार १५९ छन् ।

आज विभिन्न जिल्लामा गरी ११७३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ३८ हजार ६९७ छ । नेपालमा जम्मा सङ्क्रमितमध्ये निको हुने ७१.५ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु