Information is intelligence
HomeHealthसिन्धुपाल्चोक हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

सिन्धुपाल्चोक हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

- Advertisement -spot_img

हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ । हेलम्बु–७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २:३०मा   सुत्केरी भएकी महिलाको अत्यधिक रक्तस्रा्रव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा आइतबार साँझ मनाङ एयर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत सुत्केरी हेलम्बु–१ की पेमा लामाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिए।

गतहप्ता पनि हेलम्बु–१ की फुर्बा डोल्मा लामाले जन्माएको बच्चाले श्वास आफै फेर्न नसकेपछि गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टरमार्फत उद्धार गरेको थियो । आफ्ना नागरिकको जीवन रक्षाका लागि स्थानीय सरकार जुनै समय पनि तयार रहेको अध्यक्ष शेर्पाले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु