Information is intelligence
HomeEconomyनिजी ल्याबमा परीक्षण गरे पनि बिमा रकम भुक्तानी पाउने बीमा समितिकाे निर्णय

निजी ल्याबमा परीक्षण गरे पनि बिमा रकम भुक्तानी पाउने बीमा समितिकाे निर्णय

- Advertisement -spot_img

बीमा समितिले कोरोना बिमा मापदण्ड, २०७७ तथा कोरोना बीमा लेखमा संशोधन गर्दै निजी ल्याबमा कोरोना परीक्षण गरेर पोजेटिभ रिपोर्ट देखिएमा पनि बिमा रकम भुक्तानी पाइने निर्णय गरेकाे छ । यसअघि निजी ल्याबमा कोरोना परीक्षण गरी पोजेटिभ देखिएमा बीमा रकम भुक्तानी नगर्न दिएको निर्देशनबाट बीमा समितिपछि  पछि हटेको हो ।

बीमा समितिले बीमा रकम दाबी गर्न निजी र सरकारी प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नुपर्ने जनाएको छ । बिमा कम्पनीहरुलाई संक्रमितले पेश गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत गरिएको छ । कोरोना बिमाको सबै प्रक्रिया पूरा गरेपछि ७ दिनभित्र दाबी भुक्तानी गर्न समेत समितिले निर्देशन दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु