Information is intelligence
HomeInternationalनेयमार सहित ५ खेलाडीलाई रातो कार्ड, पीएसजी पराजित

नेयमार सहित ५ खेलाडीलाई रातो कार्ड, पीएसजी पराजित

- Advertisement -spot_img

एजेन्सी । लिग वान अन्तर्गत तनावपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित बनेको छ ।

आइतबार राति भएको लिगको आफ्नो दोस्रो खेलमा पीएसजी घरेलु मैदानमा मार्सीलेसंग १–० ले पराजित बनेको हो ।

दोस्रो हाफको इन्जुरी समयमा पीएसजीका तीन सहित ५ खेलाडीले रातो कार्ड पाएका थिए । खेलको अन्तिम मिनेटमा पीएसजी स्टार नेयमारले समेत रातो कार्ड खादै मैदानबाट बाहिरिनु परेको थियो ।

खेलको ३१ औं मिनेटमा अफसाइड बिट गर्दै फ्लोयिन थुविनले पाहुना टोलीका लागि विजयी गोल गरेका थिए ।

दोस्रो हाफको इन्जुरी समय झडपमा परिणत भएको थियो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका पीएसजीका लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सिलेका जोर्डन अमावी र डेरियो बेनेडेटोसंगै नेयमारलाई मैदान बाहिर पठाईएको थियो ।

मैदान बाहिरिने क्रममा ब्राजिलियन फरवार्डले आफुमाथि जातिय टिप्पणी गरिएको बताएका थिए ।

लिग वानको सुरुवाती दुई खेलमा पीएसजीले हार ब्यहोरेको छ । सन् १९८४–८५ पछि पहिलो पटक लिग वानमा पीएसजी सुरुवाती दुई खेलमा पराजित बनेको हो ।

पीएसजीको घरेलु मैदानमा करिब ५ हजार दर्शक उपस्थित रहेका थिए । खेल अवधिभर १७ वटा कार्ड रेफ्रीले देखाएका थिए । लिग वानको खेलमा यो कीर्तिमानी कार्ड संख्या हो ।

रेफ्रीले भिडियो फुटेजको सहायता मार्फत नेयमारलाई कार्ड देखाएका थिए । उनले अल्वारो गोन्जालेजको टाउकोमा हातले हानेको देखिन्थ्यो । नेयमार र डी मारिया कोरोनाबाट प्रभावित बनेपछि लिगको पहिलो खेलमा उपस्थित थिएनन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु