Information is intelligence
HomeEconomyमाउन्टेन इनर्जीकाे आइपीओ बुधबारबाट बिक्री हुने

माउन्टेन इनर्जीकाे आइपीओ बुधबारबाट बिक्री हुने

- Advertisement -spot_img

माउन्टेन इनर्जी नेपालले यसअघि स्थगित गरेको आइपीओ बुधबार (भदौ ३१ गते) बाट फेरि बिक्री खुला गर्ने भएको छ । कम्पनीले म्याग्दी र नुवाकोट जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । स्थानीयलाई बिक्री गरिसकेपछि सर्वसाधारणका लागि खुला हुनेछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १९ लाख ६८ हजार २७ लाख कित्ता नै आइपीओ निष्कासन गर्नेछ ।

यसमा छिटोमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ बिक्री नभएमा असोज २९ गतेसम्म पनि आवेदन दिन सकिनेछ । आवेदकले न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआईएल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछन् । कम्पनीको आइपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।

नेपाली पैसा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु