Information is intelligence
HomeNewsकरेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

- Advertisement -spot_img

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ५ बस्ने ५२ वर्षिय पुरुष मोती ठाकुर लोहार रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

आइतबार साझ ७ बजेको समयमा लोहारले आफ्नै धान खेतमा मोटरले पानी हाल्ने क्रममा अचानक करेन्ट लागी घाइते भएका थिए । करेन्ट लागेर गम्भिर घाइते भएका लोहारलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा सर्लाही ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थयो । अहिले मृत्क लोहारको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक राजु कुर्मीले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु