Information is intelligence
HomeNewsसाथीको जन्म दिन मनाएर फर्किदा १४ वर्षे बालिका बलात्कृत

साथीको जन्म दिन मनाएर फर्किदा १४ वर्षे बालिका बलात्कृत

- Advertisement -spot_img

सुर्खेत: साथीको जन्म दिन मनाएर फर्किदै गरेकी सुर्खेत पञ्चपुरी नगरपालिका–४ बरैचेकी एक १४ वर्षीया बालिका बाटैमा बलात्कृत भएकी छन् ।

पञ्चपुरी –९, विद्यापुरमा साथीको जन्मदिन मनाएर घर फर्किदै गर्दा उनी बाटोमै बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जनाकारी दिएका छन् ।

भदौ २४ गते राति ११ बजे घटना भएको र २५ गते बिहान परिवारले इलाका प्रहरी कार्यालय बाबियाचौरमा जाहेरी दिएको थियो । परिवारको जाहेरीको आधारमा पञ्चपुरी नगरपालिका–८, का १५ वर्षीय हरिष बुढा, १७ वर्षीय प्रकाश राना र १५ वर्षीय धर्म थापालाई पक्राउ गरिएको डीएसपी घर्तीले जानकारी दिए ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा प्रकाशले जन्मदिनको पार्टीमा बोलाएको र पछि फर्किदा बाटोमा बलात्कार गरेको पाइएको छ । यसबारे थप अनसन्धान भइरहेको छ’ डीएसपी घर्तीले भने ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु