Information is intelligence
HomeBrandसेयर धितो राखेर कर्जा प्रबाह

सेयर धितो राखेर कर्जा प्रबाह

- Advertisement -spot_img

एन आईसि एसिया बैंकले ७.७५ प्रतिशत ब्याजदरमा सेयर धितो राखेर कर्जा प्रबाह गर्ने भएको छ । बैंकद्वारा आइतबार जारी गरिएको बिज्ञप्ति अनुसार “लोन एगेन्स्ट सेयर” नाम दिएको सो योजना मार्फत १ करोड देखि १५ करोडसम्मको कर्जा प्राप्त गर्न सकिने छ । त्यस्तै ५० लाखसम्म ओभर ड्राफ्ट पनि लिन सकिने बैंकले जनाएको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकहरुमाझ गतिशील बैंकिङ्ग अभ्यासद्वारा ग्राहक केन्द्रीत आकर्षक कर्जा योजनाहरू पस्किने क्रममा एन आई सी एशिया बैंकले यो योजना सार्बजनिक गरेको हाे ।

गतिशील बैंकिङ्गको अभ्यास गर्दै आम ग्राहक महानुभावहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई उचित पहिचान गरी यस बैंकले ग्राहकहरूमाझ नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको उक्त कर्जा योजना सार्वजनिक गरेको हो ।

यो योजनामा सहभागी हुने सेवाग्राहीले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कुनैपनि कम्पनीकोे साधारण शेयर बैंकमा धितो राखेर कर्जा लिन सक्नेछन् । त्यसकालागि १२० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सर्वाधिक न्यूनतम ब्याजदर रहेको बैंकको यस कर्जा योजना मार्फत सेवाग्राहीहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चात्को ४८ घण्टाभित्र नै कर्जा उपलब्ध गराउने व्यवस्था गरेको बैंकले जनाएको छ । यस सम्बन्धी जानकारी लिनको लागि ३४४८८ मा लोन टाइप गरी एस एम एस वा बैंकको निःशुल्क नम्बर १६६०–०१–७७७७१ मा फोन गरी थप जानकारी प्राप्त गर्न सकिने व्यवस्था पनि बैंकले गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु