Information is intelligence
HomeNepali Businessमेरो शेयरको मोवाइल एप्स लञ्चकाे तयारीमा

मेरो शेयरको मोवाइल एप्स लञ्चकाे तयारीमा

- Advertisement -spot_img

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले मेरो शेयरको मोवाइल एप्स तयार गरेको छ । सीडीएससीले आन्तरिक परिक्षण सफल भएपछि बुधवार सर्वसाधारणका लागि परीक्षण गर्ने तयारी गरेको छ ।

सीडीएससीका प्रबक्ता सुरेश न्यौपानेले बुधवार मेरो शेयर एप्स सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।

उनका अनुसार बुधवारबाट एनड्रोईड प्रयोगकर्ताले यो एप्स प्रयोग गर्न सक्नेछन् भने पछिल्लो तयारीमा आईओएस प्रयोग कर्ताका लागि एप तयार गरिनेछ ।

सीडीएससीले उक्त एपमा मेरो शेयरमा रहेको सार्वजनिक निष्कासनमा आवेदन दिन सक्नेदेखि शेयर विक्री पश्चात ट्रान्सफर गर्ने सुविधासमेत रहेको जानकारी दिएको छ ।

प्राथमिक बजारमा सार्वजनिक निष्कासनका क्रममा ५ लाखभन्दा बढी लगानीकर्ता सक्रिय रहँदा सीडीएससीको मेरो शेयरमा समस्या आएकाले एप्स तयार गरेको सीडीएससीले जानकारी दिएको छ ।

एप्सको प्रयोगपश्चात मेरो शेयरमा समस्या नहुने विश्वास सीडीएससीले लिएको छ । सीडीएससीका अनुसार हाल ७ लाखभन्दा बढीले मेरो शेयर खाता खोलेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु