Information is intelligence
HomeBusinessएक वर्षका लागि कालो सूचीमा ओम्नी

एक वर्षका लागि कालो सूचीमा ओम्नी

- Advertisement -spot_img

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन ओम्नीसँग सम्झौता गरेको थियो । तर, बिनाप्रतिस्पर्धा महँगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।

विवादास्पद स्वास्थ्य सामग्री खरिदमा सहभागी ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) लाई एक वर्षका लागि कालो सूचीमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नी समूहलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालो सूचीमा राखेको हो ।

कालो सूचीमा परेको ओम्नी समूहले अब एक वर्ष सार्वजनिक निकायका कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैन ।

स्वास्थ्य सेवा विभागको सिफारिसमा ओम्नीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

स्वास्थ्य सामग्री खरिदमा सम्झौताबमोजिम काम नगरेको भन्दै चौतर्फी आलोचना हुँदा समेत सरकारले ओम्नीलाई कालो सूचीमा राख्न नखोजेको भन्दै विरोध भएको थियो ।

स्वास्थ्य सेवा विभागले गत १९ चैतमा ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

विभागले मन्त्रालयले बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्यमा ओम्नीसँग सम्झौता गरेको स्वीकार गरेको थियो । तर ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेको भन्दै सम्झौता रद्द गर्ने निर्णय भएको विभागको भनाइ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु