Information is intelligence
HomeUncategorizedपरबर खेती गर्ने किसानलाई बजार अभाव

परबर खेती गर्ने किसानलाई बजार अभाव

- Advertisement -spot_img

कञ्चनपुरको महाकाली नगरपालिकाका किसानले बजार अभवाका कारण परबर खेती गर्न छाड्दै जान थालेका छन् । नगरपालिकाका छभन्दा बढी वडाका सय बढी किसान परिवारले परबर खेती गर्दै आएकामा हाल घटेर दुई वडाका २० देखि ३५ परिवारले मात्रै खेती गर्ने गरेका छन् ।

नगरपालिकाको दोधाराको परबर भारतको नयाँदिल्लीसम्म निर्यात हँुदै आएको थियो । भारतीय बजारमा निर्यात हुँदै आएको परबर भारतीय सीमा सुरक्षा बलले लैजानमा रोक लगाएपछि किसान घट्दै गएका हुन् ।

विगतमा एउटै किसानले दैनिक ३० देखि ३५ क्विन्टल परबर उत्पादन गर्दथे । बजार नभएपछि हाल ३५ बढी परिवारले मुश्किलले दैनिक १५ क्विन्टल परबर उत्पादन गर्ने गर्दछन् । उत्पादित परबर हाल स्थानीय बजारसँगै महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको छ । परबर प्रतिकिलो रु ५० का दरले बिक्री भैरहेको नगरपालिका–८ का किसान रामबहादुर खडकाले बताए।

महाकाली नदीमा रहेको झोलुङ्गे पुलबाट साइकल र मोटरसाइकलमा परबर लैजानु पर्ने यहाँका किसानको बाध्यता छ । ढुवानी गर्न नसक्दा समेत उत्पादित परबरले बजार पाउन नसकेको किसानहरुको भनाइ छ ।  पहिले दश कठ्ठादेखि एक विघा क्षेत्रफलमा गरिदै आएको परबरखेतीबाट वार्षिक रुपमा यहाँका कृषकले विगतमा एक लाखदेखि पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका थिए । हाल किसानले परबर बेचेर रु ४० हजारदेखि ७० हजारसम्म आम्दानी हुने गरेको उनीहरुको भनाइ छ । माघ, फागुनको महिना रोपेको परबलले वैशाखदेखि कात्तिकसम्म उत्पादन दिने गर्दछ ।

परबर खेती प्रर्वद्धनका लागि योजना ल्याउन लागेको नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिंजालीले बताए। उनका अनुसार वडामार्फत परिचालन हुने गरी रु ३० लाख र नगर प्रमुख कृषि प्रर्वद्धन कार्यक्रमअन्र्तगत कृषि क्षेत्रमा परिचालनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु