Information is intelligence
HomeSportsक्यारिबियन प्रिमियर लिग खेलेर आईपीएल खेल्न युएई पुगे सन्दीप

क्यारिबियन प्रिमियर लिग खेलेर आईपीएल खेल्न युएई पुगे सन्दीप

- Advertisement -spot_img

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी खेल्ने नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने युएई पुगेका छन् ।

दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका सन्दीप सोमबार राति युएई पुगेका हुन् ।

दिल्लीले सन्दीप युएई आईपुगेको जनाएको छ । वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेलेर सन्दीप युएई पुगेका हुन् ।

सीपीएलमा सन्दीपले ११ खेलमा कुल १२ विकेट लिएका थिए ।

युएई पुगेपछि सन्दीप क्वारेन्टिन बसेका छन् । सन्दीपले सामाजिक संजालमा आफु क्वारेन्टिनमा बसेको बताएका छन् ।

१३ औं आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुँदैछ । कोरोना माहामारीको कारण भारतमा संभव नभएपछि आईपीएल युएईमा आयोजना गर्न लागिएको हो ।

दिल्लीले किङ्स इलाभेन पन्जाबसँग सेप्टेम्बर २० मा पहिलो खेल खेल्नेछ । जुन खेल सन्दीपले गुमाउने सम्भावना रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु