Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०५-३० | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०५-३० | Head News | Durbar Times

- Advertisement -spot_img

दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०५-३० गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ५९  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेनाबाट ११ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

असोज ५ देखि आन्तरिक उडान र लामो दुरीका सवारीसाधन सञ्चालनमा

सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका सवारीसाधन सञ्चालन गर्ने भएको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएका आन्तरिक उडान र लामो दुरीको यातायात चलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति – समसामयिक

कुलमानको विदाइमा कर्मचारीले भने– १५ दिनभित्र पुनः स्वागत गर्न पाइयोस्

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा आफ्नो एक कार्यकाल पुरा गरेका कुलमान घिसिङको प्राधिकरणमा विदाइ गरिएको छ।प्राधिकरणका कर्मचारीले एक विशेष कार्यक्रम आयोजना गरि मंगलबार उनको विदाइ गरेका हुन्।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

नेकपा कार्यकर्तालाई नीति, नेता र कार्यकर्ताविरुद्ध लेख्न बन्देज

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सामाजिक सञ्जालमा कडाइ गरेको छ।स्थायी समिति बैठकका निर्णयबारे जानकारी दिन सोमबार जारी गरिएको अन्तरपार्टी निर्देशिकामा नीति, नेता तथा कार्यकर्ताविरुद्ध लख्न बन्देज लगाएको उल्लेख छ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

अर्थ

भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध , नेपालमा मूल्य वृद्धि

भारतले प्याजको निर्यातमा रोक लगाएसँगै नेपालमा  मूल्य बढेको छ ।भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गत रहेको विदेश व्यापार निर्देशनलालयले सोमबार सूचना जारी गर्दै सबै प्रकारको प्याजको निर्यातमा रोक लगाएको हो ।भारतले निर्यातमा राेक लगाउने निर्णय गरेसँगै मंगलबार नेपालमा १५ रूपैयाँले प्याजमा मूल्य वृद्धि भएको हो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

अन्तरराष्ट्रिय

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ– पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् ।उनले अलजा जिरासँगको एक अन्तर्वार्ताका क्रममा सो धारणा राखेकाे समाचारमा जनाइएको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

खेलकुद

क्यारिबियन प्रिमियर लिग खेलेर आईपीएल खेल्न युएई पुगे सन्दीप

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी खेल्ने नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने युएई पुगेका छन् ।दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका सन्दीप सोमबार राति युएई पुगेका हुन् ।दिल्लीले सन्दीप युएई आईपुगेको जनाएको छ । वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेलेर सन्दीप युएई पुगेका हुन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

नेयमारमाथि सातवटा खेल प्रतिबन्ध लाग्न सक्ने

पेरिस सेन्ट–जर्मानका सुपरस्टार खेलाडी नेयमारमाथि सातवटा खेलको प्रतिबन्ध लगाइन सक्ने भएको छ ।आइतवार मार्सेविरुद्धको खेलमा नेयमारले अल्भारो गोन्जालेजलाई हिर्काएपछि यो प्रतिबन्धको सम्भावना देखिएको हो ।

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०५-३० गतेको अहिले सम्मका मुख्य खबरहरु प्रस्तुत गर्याैँ। अन्य दिनहरुमा पनि बेलुका ५:०० बजे दिनभरीका मुख्य खबर पढ्न सक्नुहुनेछ । कृपया दरबार टाईम्स हेर्दै गर्नुहोला…

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु