Information is intelligence
HomeTourismअसोज ५ देखि आन्तरिक उडान र लामो दुरीका सवारीसाधन सञ्चालनमा (सुधार)

असोज ५ देखि आन्तरिक उडान र लामो दुरीका सवारीसाधन सञ्चालनमा (सुधार)

- Advertisement -spot_img

सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका सवारीसाधन सञ्चालन गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएका आन्तरिक उडान र लामो दुरीको यातायात चलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउन सरकारले साउन ७ गते खोलेको थियो। कोरोना संक्रमण बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो।

निषेधाज्ञा खुलेलगत्तै सरकारले विस्तारै जनजीवन सामान्य बनाउँदै लगेको छ। सोही आधारमा आज बसेको मन्त्रिपरिषद यो निर्णय गरेको हो।

सरकारले यसअघि नै अन्तराष्ट्रिय उडान खुला गरिसकेको छ।

सुचना सुधार

पूर्वमा सरकारी स्रोतबाट आएका सुचना अनुसार ५ गते देखी खुल्ने भनिए पनि सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन भदौ ३० मा आयोजित पत्रकार सम्मेलनमा असोज १ गतेदेखि लामो दूरीका सवारी साधनहरु र आन्तरिक हवाई उडान खुला गरेको बताएपछी यो सुचना अपडेट गरिएको हो ।

पूर्वमा असोज ५ गतेदेखि लामो दूरीका यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय भनेर सरकारी स्रोतबाट आएका खबर सरकारकै प्रवक्ताको भनाईबाट गलत प्रमाणित भएपछी हामीले यो सुचनालाई सच्याएका छौं।

यस्तो सुचनाको कारण पाठक वर्गमा कुनै असुबिधा पर्न गएकोमा हामी क्षमा चाहन्छौँ ।  – दरबार टाईम्स

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु