Information is intelligence
HomeNewsशहीद सिन्धु–लालध्वज मार्ग कालोपत्रे

शहीद सिन्धु–लालध्वज मार्ग कालोपत्रे

- Advertisement -spot_img

तनहुँ : शहीद सिन्धु–लालध्वज मार्गको ट्रयाक खोलेको चौबीस वर्षपछि कालोपत्रे गर्न शुरु भएको छ । तनहुँको शुक्लागण्डकी–१ कोत्रेदेखि व्यासनगरपालिका–६ क्रियापानी हुँदै लमजुङको दुईपिप्लेसम्म जोडिने उक्त मार्गमा कालोपत्रे गर्न लागिएको हो । जिल्ला सदरमुकाम दमौलीदेखि कोत्रेसम्मको पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको शहीद लालध्वज मार्ग गण्डकी प्रदेशको आर्थिक सहयोगमा कालोपत्रे गर्न लागिएको हो । कोत्रे–थप्रेक सडक मार्गअन्तर्गत करिब १६ किलोमिटर दूरीमध्ये पहिलो चरणमा १ हजार ३०० मिटर दूरी कालोपत्रे गर्न लागिएको वडाध्यक्ष रविचन्द्र पौडेलले  बताए।

विसं २०५३ मा उक्त सडकको ट्रयाक खोलिएको थियो । उनले भने, “कालोपत्रे शुरु गर्न लागेसँगै पूर्वाधार विकास कार्यालयका प्राविधिकले सडकको माटो परीक्षण थालेका छन् ।” गण्डकी प्रदेशको रु डेढ करोडको लागतमा मिर नेपाल कन्ट्रक्सन पोखराले कालोपत्रे गर्ने जिम्मा पाएको छ । उक्त दूरीको सडक दशै अगावै कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरु गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिए।

आर्थिक वर्ष २०७६÷७७ को अनुदान बजेटबाट शुक्लागण्डकी नगरपालिकाको १ र २ नम्बर वडामा पर्ने जुवेखोलादेखि धोबिडाँडासम्मको मार्ग कालोपत्रे गर्न लागिएको वडाध्यक्ष पौडेलले जानकारी दिए। शहरी विकास मन्त्रालयबाट उक्त मार्गको स्तरोन्नतिका लागि डिपिआर गर्न बजेटसमेत विनियोजन गरिसकेको छ ।

त्यसैगरी उक्त मार्ग हँुदै सिन्धुमार्गको साँघेफाँट र व्यास नगरपालिका–५ चापाघाटस्थित सदरमुकाम नजिक जोडिने हुँदा रिङरोडको रुपमा विकास गर्न लागिएको शहीद सिन्धु लालध्वज मार्ग निर्माण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले बताए। विसं २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा व्यास नगरपालिका–८ पुलिमराङका लालध्वज गुरुङले तत्कालिन सदरमुकाम बन्दीपुर कब्जा गर्ने क्रममा विसं २०१८ मा तनहुँको कोत्रेमा सहादत प्राप्त गरेका थीए। उनले सहादत प्राप्त गरेको स्थानदेखि थप्रेकसम्मको मार्गलाई शहीद लालध्वज मार्ग नामकरण गरिएको हो ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा व्यास–८ पुलिमराङका शम्शेर गुरुङ र भरत गुरुङ चितवनमा तथा  लालध्वज, सर्वसिं र हस्तवीर गुरुङ तनहुँको कोत्रेमा शहादत प्राप्त गरेका थिए । पाँच जनाको शहीदको सम्झनामा व्यास नगरपालिकाको सक्रियतामा उनीहरुको (जन्मघर) व्यास–८ पुलिमराङमा अर्धकदको शालिक निर्माण गरेर शहीद ग्रामको रुपमा विकास गर्न थालेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु