Information is intelligence
HomeInternationalनेयमारमाथि सातवटा खेल प्रतिबन्ध लाग्न सक्ने

नेयमारमाथि सातवटा खेल प्रतिबन्ध लाग्न सक्ने

- Advertisement -spot_img

पेरिस सेन्ट–जर्मानका सुपरस्टार खेलाडी नेयमारमाथि सातवटा खेलको प्रतिबन्ध लगाइन सक्ने भएको छ ।

आइतवार मार्सेविरुद्धको खेलमा नेयमारले अल्भारो गोन्जालेजलाई हिर्काएपछि यो प्रतिबन्धको सम्भावना देखिएको हो ।

गोन्जालेजलाई नेयमारले थप्पड हानेको दृश्य भार क्यामराहरूले खिचेका थिए । पीएसजीकै गृहमैदानमा मार्सेले उसलाई १–० ले हराएको खेलमा अन्त्यतिर खेलाडीहरूबीच व्यापक झगडा भएको थियो र त्यसैक्रममा नेयमारले थप्पड हानेका थिए ।

उक्त खेलमा नेयमार लगायत पाँच खेलाडीलाई रातो कार्ड दिइएको थियो । गोन्जालेजले आफूमाथि जातिवादी गाली गरेकाले थप्पड हानेको नेयमारले बताए ।

‘जातिवाद हेर्नुस् न । त्यसैले उसलाई मैले थप्पड हानें,’ उनले ट्वीट गरे । उसले मलाई बाँदर अनि कुकुर्नीको छोरो भन्यो ।’

तर गोन्जालेजले नेयमारलाई जातिवादी गाली गरेको कुनै प्रमाण फेला परेको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु