Information is intelligence
HomeNews१ हजार ४ सय ५९ जनामा कोरोना पुष्टि, उपत्यकामा ६७६

१ हजार ४ सय ५९ जनामा कोरोना पुष्टि, उपत्यकामा ६७६

- Advertisement -spot_img

२४ घण्टामा एक हजार चार सय ५९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५६ हजार सात सय ८८ पुगेकाे छ ।

काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा  ६७६ कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ५५५, भक्तपुरमा ८६ जना र ललितपुरमा पनि ३५ जनामा कोरोना पुष्टि भएको छ।

२४ घण्टामा एक हजार ६२ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४० हजार ६ सय ३८ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु