Information is intelligence
HomeNewsनेपालमा भूकम्प एक, भनाई अनेक

नेपालमा भूकम्प एक, भनाई अनेक

- Advertisement -spot_img

बिहान ५  बजेर १९ मिनेट जाँदा काठमाण्डौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरियो।

यसमा विभिन्न मापनका केन्द्रहरुको यस्तो विवरण आएको छ।

१. नेपाल NSC 6.0M
२. युरोप EMSC 4.9M
3. USGS 5.3M

राष्ट्रिय भूकम्प मापदन केन्द्र

बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले बताएको छ ।

युएसजिएस

बिहान ५ बजेर १९ मिनेट जाँदा ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प भएको अमेरिकी भौगर्भिक संस्था युएसजिएसले उल्लेख गरेको छ।

पृथ्वीको सतहभन्दा १० किलोमिटर मुनिबाट उत्पन्न भएको भूकम्पको केन्द्रबिन्दु कोदारीभन्दा ११ किमी दक्षिण पश्चिम रहेको युएसजिएसले तथ्यांक अपडेट गरेको छ।

यद्यपि राष्ट्रिय भूकम्प केन्द्रले भने सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ।

भूकम्प मापन केन्द्रको ट्विट

इन्डिपेन्डेन्ट साइन्स अर्गनाइजेसनको ट्विट

यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु