Information is intelligence
HomeNewsथप चार उद्योगका स्यानिटाइजरमा विषाक्त रसायन फेला

थप चार उद्योगका स्यानिटाइजरमा विषाक्त रसायन फेला

- Advertisement -spot_img

काठमाडौँ | थप चार उद्योगले उत्पादन गरेका स्यानिटाइजरमा विषाक्त रसायन फेला परेको छ। राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट यस्तो प्रमाण फेला परेको हो।

चीनको गुआंग्झो ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेड, गुआन्जाउ, ललितपूरको सम्पदा हेल्थकेयर प्राली. इमाडोल, भारतको आर एल क्रोप इन्डिया र काठमाडौंको श्रीनाथ हर्बल एण्ड कस्मेटिक इन्डष्ट्रिजको उत्पादन गुणस्तरहीन मापदण्ड विपरित भेट्टाएको हो।

प्रयोगशालाले  कम्पनीको उत्पादन स्यानिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने विषाक्त रसायन मिथानल भेट्टाएपछि औषधि व्यवस्था विभागले ती उत्पादनको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।

प्रयोगशालाले  काठमाडौं र ललिलपुरको उक्त कम्पनीको उत्पादन स्यानिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने विषाक्त रसायन मिथानल भेट्टाएको छ। त्यसैगरी चीन र भारतको उक्त कम्पनिका स्यानिटाइजर न्यून गुणस्तर पाइएको हो। औषधि व्यवस्था विभागले चारवटै कम्पनीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।

प्रयोगशालाका अनुसार ती उत्पादन‘इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ मापदण्ड विपरित छन्। यस अगाडि भक्तपुरको नेपाल कायाकल्प उद्योग तथा काठमाडौंकाहाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फूड इन्डष्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सका उत्पादन रोक्का गरेको थियो। विभागले पाँचवटै कम्पनीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो।

अन्नपूर्णपोस्टसभार

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु