Information is intelligence
HomeEconomyमाउन्टेन इनर्जी नेपालकाे आईपीओ आज देखि बिक्री खुला

माउन्टेन इनर्जी नेपालकाे आईपीओ आज देखि बिक्री खुला

- Advertisement -spot_img

माउन्टेन इनर्जी नेपाल ले स्थागित भएको आईपीओ आज बुधबार देखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले साउन २८ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्ने घोषणा गरेको थियो । तर, स्थानिय देशका अधिकांश स्थानहरुमा बाढी पहिरोको भयावह अवस्था सृजना भएकोमा प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिएका कारण सो निष्काशन कम्पनीले स्थगित गरेको थियो ।

कम्पनीले निष्काशन गरेको आइपीओमा स्थानीयले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर विक्री नभए ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु