Information is intelligence
HomeCulture & Religionकिन गर्नु हुन्न एकै गोत्रमा विवाह ?

किन गर्नु हुन्न एकै गोत्रमा विवाह ?

- Advertisement -spot_img

काठमाडाैं । विवाहको सम्बन्धमा हरेक समाज वा धर्मको आफ्नै नियम छ। यो नियमको हजारौं वर्ष देखि पालन हुँदै आएको छ।

हिन्दु धर्ममा प्रायः मानिसहरू एकै गोत्रमा विवाह गर्न उचित मान्दैनन्। शास्त्रअनुसार ऋषि विश्वामित्र, जमदग्नि, भारद्वाज , गौतम, अत्रि, वशिष्ठ, कश्यप र अगस्त्य गरी आठ ऋषि गोत्र सम्बन्धित हुन्छन्।

यदि कोही व्यक्ति भारद्वाज गोत्र भएमा उसको पिँढी ऋषि भारद्वाजसँग सम्बन्धित हुन्छन्। अर्थात ती व्यक्ति भारद्वाज ऋषिका सन्तान हुन्। यदि कोही दुई जना एक गोत्र हुनुको अर्थ दुवै जना एकै मूलका र एकै कुल वंशका हुन्। दुवैबीच पारिवारिक नाता हुन्छ।

उसाे त एकै गोत्रमा विवाह गर्नुको कुनै अर्थ हुँदैन किनकि एकै गोत्रको केटा र केटी एक अर्काका भाईबहिनी हुन्छन्। एकै कुलका वा एकै गोत्रमा विवाह गर्दा मानिसहरूले जीवनमा केही समस्याको सामना गनुपर्छ।

विवाहपछि हुनेवाला बच्चामा पनि कुनै अवगुण आउँछ। यो कुरा आध्यात्माले मात्र नभएर विज्ञानले पनि भन्छ।

विज्ञानका अनुसार एकै कुल वा गोत्रमा विवाह गर्नबाट बच्नुपर्छ। भविष्यमा हुने सन्तानको आनुवांशिक दोष बचाउनको लागि आफ्नो वंश वा गोत्रभन्दा बाहिरको हुनु अत्यन्त्यै आवश्यक हुन्छ।

मानिसहरू सधै तीन गोत्रलाई छाडेर विवाह गर्नुपर्छ । यसमा सबैभन्दा पहिले आफू कुन गोत्र हो त्यसको ख्याल गर्नुपर्छ। दोस्रो आमाको गोत्र (मामाघरको) र तेस्रो हजुरआमाको गोत्रमा ध्यान दिनुपर्छ ।

सदियौदेखि आजसम्म हिन्दु धर्ममा यी रितीको पालन गरीरहेका छौं। जसलाई विज्ञानको दृष्टिले पनि सही मानेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु