Information is intelligence
HomeEconomyनयाँ नक्सा भएको सिक्का निष्काशन गर्ने तयारीमा राष्ट्र बैंक

नयाँ नक्सा भएको सिक्का निष्काशन गर्ने तयारीमा राष्ट्र बैंक

- Advertisement -spot_img

नेपाल राष्ट्र बैंकले नेपालकाे नयाँ नक्सा भएको सिक्का निष्काशन गर्ने भएको छ ।

सरकारले हालै जारी गरेको नयाँ नक्सा राखेर राष्ट्र बैंकले एक र दुई रुपैयाँको नयाँ सिक्का निष्काशन गर्न लागेको हो । यसका लागि राष्ट्र बैंकलाई नेपाल सरकारले पनि स्वीकृति दिइसकेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो स्वीकृति दिएको हो ।

सरकाले केही समय अघि लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ । सोही नक्सा राखेर सिक्का निष्काशन गर्न लागिएको राष्ट्र बैंकले बताएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु