Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०५-३१ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०५-३१ | Head News | Durbar Times

- Advertisement -spot_img

दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०५-३१ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अर्थ
  • अन्तरराष्ट्रिय

असोज १ देखि आन्तरिक उडान र लामो दुरीका सवारीसाधन सञ्चालनमा

समाचार सच्याइएकाे सम्बन्धमा

असोज ५ गतेदेखि लामो दूरीका यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय भनेर सरकारी स्रोतबाट आएका खबर सरकारकै प्रवक्ताको भनाईबाट गलत प्रमाणित भएपछी हामीले यो सुचनालाई सच्याएका छौं।पाठक र स्रोता वर्गमा सुचना अन्यथा भएकाेमा क्षमाप्रार्थी छाैँ । नयाँ सूचना अनुसार आन्तरिक उडान तथा लामाे दूरीका सवारीसाधन असाेज १ गतेदेखि नै चल्ने छन् । धन्यवाद

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

कोरोना सम्बन्धी

पछिल्लो २४ घण्टामा १५ सय ३९ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर  १५ सय ३९  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेनाबाट ८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

कक्षा १२ को परीक्षा : चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

राजनीति – समसामयिक

थप चार कम्पनीकाे स्यानिटाइजर मापदण्ड विपरित

चार उद्योगले उत्पादन गरेका स्यानिटाइजरमा विषाक्त रसायन फेला परेको छ।चीनको गुआंग्झो ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेड, ललितपूरको सम्पदा हेल्थकेयर प्रा. ली., भारतको आर एल क्रोप इन्डिया र काठमाडौंको श्रीनाथ हर्बल एण्ड कस्मेटिक इन्डष्ट्रिजको उत्पादन गुणस्तरहीन मापदण्ड विपरित भेट्टाएको हो।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

कुलमानकाे समर्थनमा प्रदर्शन

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै बुधबार  काठमाडौंको माइतिघर मण्डला  जोरपाटी र बालाजु चोकमा जुलुस प्रदर्शन गरिएको छ।प्रदर्शनकारीहरूले सरकार विराेधी नाराबाजी गर्दै कुलमानकाे निरन्तरताकाे माग गरेका थिए ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

अर्थ

नयाँ नक्सा भएको सिक्का निष्काशन गर्ने तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले नेपालकाे नयाँ नक्सा भएको सिक्का निष्काशन गर्ने भएको छ ।सरकाले केही समय अघि लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ । सोही नक्सा राखेर सिक्का निष्काशन गर्न लागिएको राष्ट्र बैंकले बताएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेला ।

अन्तरराष्ट्रिय

जापानमा नयाँ प्रधानमन्त्री निर्वाचित

जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएक हुन् । जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएका हुन्  ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

अमेरिकाले लगाएकाे कर असंगतिपूर्णः विश्व व्यापार संगठन

विश्व व्यापार संगठनले अमेरिकाले सन् २०१८ मा चिनियाँ वस्तुमाथि लगाएको कर संगतिपूर्ण नदेखिएको जनाएको छ। उक्त भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय व्यापार नियमअनुसार नरहेको डब्लुटीओले ठहर गरेको हो।  साथै उसले अमेरिकाले प्रविधि चोरीलगायत चीनमाथि लगाएको आरोपमा कुनै प्रमाण पनि दिन नसकेको बताएको हो। चिनियाँ    अधिकारीहरुले विश्व व्यापार संगठनको यस्तो निर्णयको स्वागत गरेका छन्। तर अमेरिकाले भने डब्लुटीओले चीनमाथि नरम भएको भन्दै पछिल्लो निर्णयमा आपत्ति जनाएको छ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०५-३१ गतेको अहिले सम्मका मुख्य खबरहरु प्रस्तुत गर्याैँ। अन्य दिनहरुमा पनि बेलुका ५:०० बजे दिनभरीका मुख्य खबर पढ्न सक्नुहुनेछ । कृपया दरबार टाईम्स हेर्दै गर्नुहोला…

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु