Information is intelligence
HomeSportsनेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

- Advertisement -spot_img

नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । उनले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी दिएका हुन्। आई लिगका लागि परियार बिहीबार भारत जाँदै छन्।

परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन्। उनले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेलेका थीए। परियार गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य हुन्। अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध भएका थीए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु