Information is intelligence
HomeInternationalअष्ट्रेलियाले हात पार्यो एकदिवसीय सिरिज

अष्ट्रेलियाले हात पार्यो एकदिवसीय सिरिज

- Advertisement -spot_img

एजेन्सी । इङ्ल्याण्डबिरुद्धको एक दिवसीय सिरिज पाहुना टोली अष्ट्रेलियाले जितेको छ ।

तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली इङ्ल्याण्डलाई ३ विकेटले हराउँदै अष्ट्रेलियाले सिरिज २–१ ले जितेको हो ।

इङ्ल्याण्डले प्रस्तुत गरेको ३ सय ३ को लक्ष्य अष्ट्रेलियाले २ बल बाँकी छदै ७ विकेट गुमाएर पुरा गर्यो ।

ग्लेन म्याक्सवेल र एलेक्स केरीले शतकीय इनिङ्स खेल्दै अष्ट्रेलियालाई जित दिलाएका हुन् ।

म्याक्सवेलले ९० बलमा १ सय ८ रन बनाए भने केरीले १ सय ६ रनको शानदार पारी खेले । ७३ रनमा ५ विकेट गुमाएर दबाबमा आएको अष्ट्रेलियाको इनिङ्स केरी र म्याक्सवेलले उकासेका थिए ।

दुवै मिलेर छैटौ विकेटका लागि २ सय १२ रनको साझेदारी गरेका थिए ।

इङ्ल्याण्डका क्रिस वाक्स र जोए रुटले समान २–२ विकेट लिएका थिए ।

यसअघि, घरेलु टिम इंग्ल्यान्डले अष्ट्रेलियालाई जितका ३ सय ३ रनको लक्ष्य दिएको थियाे । ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २ रन बनाएकाे थियो ।

इंग्ल्यान्डका लागि जोनी बेयरस्टोले १ सय १२ रनको शतकीय इनिङ्स खेले । यस्तै साम बिलिङ्सले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्रिस वोक्सले अविजित ५३ रन बनाए ।

कप्तान इयान मोर्गनले २३ रन जोड्दा टम करनले १९ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पा र मिचेल स्टार्कले ३/३ विकेट लिए ।

पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाले १९ रनको जित निकालेको थियो । भने दोस्रो खेल इंग्ल्यान्डले २४ रनले जितेकाे थियाे ।

म्याक्सवेल ‘म्यान अफ दी म्याच’संगै ‘प्लेयर अफ द सिरिज’ घाेषित भए ।

यसअघि भएकाे टी-ट्वान्टी सिरिज भने घरेलु टाेली इङ्ल्याण्डले जितेकाे थियाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु