Information is intelligence
HomeInternational'प्लेयर अफ दि सिजन'को उपाधि रोबर्ट लेवान्डोस्कीलाई

‘प्लेयर अफ दि सिजन’को उपाधि रोबर्ट लेवान्डोस्कीलाई

- Advertisement -spot_img

जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई ‘प्लेयर अफ दि सिजन’ अवार्ड प्रदान गरिएको छ ।

सन् २०१९–२० को सिजन बायर्नका लागि सर्वाधिक गोल गरेका उनले उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि सिजन अवार्ड जितेका हुन् । लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गएको सिजनमा तीन उपाधि जितेको थियो ।

बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कपको उपाधि जित्दा लेवान्डोस्कीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । गएको सिजन लेवान्डोस्कीले लिगमा ३४ गोल गरेका थिए भने च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए । एजन्सी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु