Information is intelligence
HomeNewsघुम्थाङका पहिरो पीडितलाई राहत वितरण

घुम्थाङका पहिरो पीडितलाई राहत वितरण

- Advertisement -spot_img

चौतारा- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ घुम्थाङका पहिरो पीडितलाई राहत वितरण गरिएको छ। मंगलबार केयर नेपालको सहयोगमा टुकी संघ सुनकोशीले नगरपालिकाको समन्वयमा पीडितलाई राहत वितरण गरेको हो।

बाढीमा परी स्थायी आवास गुमाएका ६० घरधुरीलाई भाडाकुडासहित खाद्यान्न सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनको उपस्थितिमा राहत वितरण भएको थियो। केयर नेपालले सोमबार नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेको थियो भने पीडितलाई नगरपालिकाले मंगलबार सो राहत वितरण गरेको नगरपालिकाले उल्लेख गरेको छ।

राहत वितरणका क्रममा उपमेयर पाख्रिनले सो राहतले आवास र खाद्यान्न पहिरोले परेर विचल्लित भएका पीडितका लागि महत्वपूर्ण भएको भन्दै केयर नेपालले गरेको यो सहयोगको प्रशंसा गरेकी थिइन्।

गत २८ गते घुम्थाङमा गएको पहिरोमा परी सात महिला, पाँच पुरूष र दुाई बालकको ज्यान गएको छ भने धेरै घरमा क्षति पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु