Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०६-०१ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०६-०१ | Head News | Durbar Times

- Advertisement -spot_img

दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०६-०१गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अन्तरराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

पछिल्लो २४ घण्टामा १२४६  जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १२४६  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेनाबाट ४ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

कोरोना परीक्षण गरिएका सबै नमुना सुरक्षित राख्‍न स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना परीक्षण गर्दै आएका सबै प्रयोगशालाले परीक्षण पश्चात नमुना सुरक्षित राख्‍न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल निर्देशन दिएको छ  ।मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना परीक्षण गरेका कोरोना गरेपछि पनि सबै प्रयोगशालालाई नमुना सुरक्षित राख्‍न पुन स्मण गराइएको जानकारी दिए ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति – समसामयिक

वामदेव गाैतमद्वारा शपथ ग्रहण

राष्ट्रिय सभा सदस्यमा मनाेनित नेकपाका नेता वामदेव गाैतमले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । उनले आज राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरेका हुन्।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

कुलमानको पक्षमा युवाहरुको प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नु पर्ने मागसहित काठमाडौँमा प्रदर्शनमा उत्रिएका युवाहरुले प्रहरीले धरपकड गरेको छ ।बिहीबार बिहान बिजुली बजार पुलबाट माइतीघर मण्डला तर्फ मोटरसाइकल र्‍यालीसहित आउँदै गरेको युवा प्रदर्शनकारीलाई प्रहरीले बबरमहलमा तितरवितर पारेको हो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

लुकाएर राखिएकाे ४२ बाेरा प्याज बरामद

काठमाडौं महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले तीनकुनेको तरकारी बजारमा अनुगमन गरि लुकाएर राखिएकाे ४२ बोरा प्याज जफत गरेकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

अन्तरराष्ट्रिय

माम्दिभ्समा चर्किँदै ‘इंडिया आउट’ अभियान

पछिल्ला दिन माल्दिभ्समा सामाजिक सञ्जालहरुमा ‘इंडिया आउट’ अभियान जोडतोडका साथ चलेको छ। माल्दिभ्सको संसदका सभामुख तथा पूर्व राष्ट्रपति मोहम्मद नाशीदले ईण्डिया आउट अभियान आईएसआईएस सेलको भएको बताएका छन्।यो अभियान मार्फत माल्दिभ्सबाट भारतीय सैनिकहरु हटाउन खोजिएको नाशीदले स्पष्ट पारेका छन्।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

अष्ट्रेलियाले हात पार्यो एकदिवसीय सिरिज

इङ्ल्याण्डबिरुद्धको एक दिवसीय सिरिज पाहुना टोली अष्ट्रेलियाले जितेको छ ।तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली इङ्ल्याण्डलाई ३ विकेटले हराउँदै अष्ट्रेलियाले सिरिज २–१ ले जितेको हो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

पीएसजी स्टार नेयमारमाथि दुई खेलको प्रतिबन्ध

पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेयमारमाथि दुई खेलको प्रतिबन्ध लागेको छ ।मार्सेलीबिरुद्धको खेलमा रातो कोर्ड खादै मैदान बाहिरिएका नेयमारमाथि दुई खेलको प्रतिबन्ध लागेको हो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०५-३१ गतेको अहिले सम्मका मुख्य खबरहरु प्रस्तुत गर्याैँ। अन्य दिनहरुमा पनि बेलुका ५:०० बजे दिनभरीका मुख्य खबर पढ्न सक्नुहुनेछ । कृपया सत्य र निस्पक्ष खबरको स्तरीय प्रसारणको लागि दरबार टाईम्स हेर्दै गर्नुहोला…

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु