Information is intelligence
HomeEconomyअब अनलाइन बाटै राजस्व तिर्न र हेर्न मिल्ने

अब अनलाइन बाटै राजस्व तिर्न र हेर्न मिल्ने

- Advertisement -spot_img

काठमाडौं महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत् राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरुवात गरेको छ ।

महानगरपालिकाले बिहीबार  वडा नम्बर २६ लगायत १० वटा वडाहरूबाट सेवा सुरु गरेको हो । महानगरपालिकाको सातौं नगरसभाको निर्णयअनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताए ।

सेवाग्राहीले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो महानगरलाई आउने भएकाले अब सबैले आफ्नो घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात भएको उनले बताए ।

अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिनेछ । यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास महानगरपालिकाले लिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु