Information is intelligence
HomeBusinessअनलाइनबाट भएको आम्दनी बैंक खातामा जम्मा गर्न सकिने

अनलाइनबाट भएको आम्दनी बैंक खातामा जम्मा गर्न सकिने

- Advertisement -spot_img

अनलाइनबाट भएको आम्दनी बैंक खातामा जम्मा गर्न सकिने बारे राष्ट्र बैंकको महत्वपूर्ण सूचना

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागकाे हिजाे जारी भएकाे सूचना अनुसार ‘इ – कमर्स’ लगायत इन्टरनेट मार्फत गरिने कमाइ  तथा विभिन्न अनलाइन  माध्यमबाट हुने काराेबार बापत नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था  गरेकाे छ ।

नेपालमा सञ्चालन गरिने विभिन्न ‘इ – कमर्स ‘ कम्पनी ,फेसबुक युट्युब लगायतका सामाजिक सञ्जालहरूमार्फत प्राप्त ‘ ‘आम्दानी तथा फ्रिल्यान्सर लगायतका विज्ञताकाे बिक्री निकासीमार्फत प्राप्त हुने रकम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत ताेकिएकाे सीमा नकट्ने गरि रकमान्तर गर्न सकिनेछ ।

उक्त रकम प्राप्त गर्ने क्रममा नेपालबाट विदेशमा कुनै राेयल्टी लगायतका रकम पठाउनुपर्ने भएमा पनि ताेकिएकाे बैंक तथा वित्तीय संस्थामार्फत राष्ट्र बैंककाे निर्देशन पालना गरी पठाउन सकिनेछ।

यसरी प्राप्त हुन आउने रकम कुनै आतंकवादी गतिविधीबाट प्राप्त भएकाे हैन भनी प्रमाणित गर्नुपर्नेछ ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु