Information is intelligence
HomeInternationalविश्वभर ३ करोड कोरोना संक्रमित

विश्वभर ३ करोड कोरोना संक्रमित

- Advertisement -spot_img

न्यूयोर्क : महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्ममा विश्वभर ३ करोड ७१ लाख ३१४ संक्रमित भेटिएका हुन्।

यस्तै ९ लाख ४४ हजार ८८७ ले ज्यान गुमाइसकेका छन्।

गत डिसेम्बरदेखि फैलिएको कोरोना संक्रमितको संख्या अमेरिकामा सबभन्दा बढी रहेको छ। हालसम्म अमेरिकामा ६६ लाख ७४ हजार बढी संक्रमित भइसकेका छन्। संक्रमितमध्ये १ लाख ९७ हजार ६३३ को मृत्यु भइसकेको छ। त्यस्तै २५ लाख ४० हजार ३३४ संक्रमणमुक्त भइसकेका छन्।

अमेरिकापछि भारतमा कोरोना संक्रमितको संख्या सबभन्दा बढी रहेको छ। पछिल्लो समय धेरै संख्यामा संक्रमित भेटिएको भारतमा हालसम्म ५१ लाख १८ हजार २५३ संक्रमित भेटिएका छन्। बिहीबार मात्र ९६ हजार ७९३ थप संक्रमित भेटिएका थिए। त्यस्तै १ हजार १७४ को ज्यान गएको थियो। यससँगै भारतमा ज्यान गुमाउनेको संख्या ८३ हजार १९८ पुगिसकेको छ।

त्यसैगरी संक्रमित संख्याको आधारमा सबभन्दा बढी आक्रान्त मुलुकको तेस्रो स्थानमा रहेको ब्राजिलमा बिहीबार ३५ हजार ७५७ नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै ८५७ को मृत्यु भएको थियो। यससँगै ब्राजिलमा संक्रमितको संख्या ४४ लाख ५५ हजार ३८६ पुगेको छ भने १ लाख ३४ हजार ९३५ ले ज्यान गुमाइसकेका छन्।

पहिलो पटक भाइरस भेटिएको चीनमा संक्रमण नियन्त्रण भएको छ। चीनमा बिहीबार ९ जना थप संक्रमित भेटिएका थिए। यससँगै चीनमा संक्रमित हुनेको संख्या ९० हजार २९४ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ। चीन सबभन्दा बढी संक्रमित हुने संख्याका आधारमा ४१ औँ स्थानमा रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु